ताप्लेजुङ । ताप्लेजूङको त्रिबेणी गाउँपालिका-५ बस्ने यम कुमार आङबुहाङको घरमा विहीबार राती आगालागी भएको छ।
राती ११ बजेतिर बिधुत लाईन सर्ट भई अचानक लागेको आगोले आङबुहाङको २ तले घर, घर भित्र भएको नगद १ लाख ३० हजार, सुन,चाँदी तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी ११ लाख २० हजार बराबरको क्षति भएको बाताइएको छ।
आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।
Facebook Comments Box