झापा । सरकारले झापाका ३ गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरेको छ । सरकारले झापाको कमल गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको हो ।
उक्त नगरपालिकाको केन्द्र साविक कमलामाई गाउँपालिका कार्यालय तोकिएको छ ।
बुद्धशान्ति गाउँपालिका पनि नगरपालिका भएको छ र साविकको झापा गाउँपालिका कार्यालयलाई केन्द्र तोकिएको छ । जिल्लाकै महत्वपूर्ण झापा गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।
यस्तै भद्रपुर नगरपालिकाको वडा संख्या बृद्धि गरेको छ । वडा नम्बर ५ र ६ लाई टुक्र्याएर वडा नम्बर ५, ६ र ११ कायम गरेको छ ।
Facebook Comments Box