विर्तामोड । झापामा रगतको अभावलाई कम गर्न बिहीबार चारआलीस्थित नेपाली सेनाको कालीबहादुर गणले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
गणकै हाताभित्र उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । गणपति सरोज अधिकारी लगायत रगत दिन मिल्नेहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमबाट ५८ पिन्ट रगत संकलन भएको छ ।
उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको हो ।
Facebook Comments Box