झापा । सुनसरीको गढी गाउँपालिका २ बस्ने श्रवण खाँ मियाँको घरमा बुधवार आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट मियाँको टाटी बेराले बनेको टिनको छानो भएको २ तले घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो।
आगलागीबाट मियाँको घरभित्र रहेको सम्पुर्ण सरसामान जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय छिटहाले जनाएको छ।
आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नयन्त्रणमा आएको छ।
Facebook Comments Box