बिर्तामोड । प्रहरीले बुधबार कर्तब्य ज्यान मुद्धामा फरार रहेका एक प्रतिबादीलाई सोह्र बर्ष पछी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्तब्य ज्यान मुद्धामा फरार झापा भद्रपुर नगरपालिका ४ बस्ने ५३ बर्षिय हर्क बहादुर राई रहेका छन् ।
राईले सोही नगरपालिका बस्ने भक्त बहादुर राईलाई मिति २०५८ साल पौष ८ गते हत्या गरी फरार रहेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अबस्थामा बुधबार पक्राउ गरिएको हो।
पक्राउ परेका राईउपर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box