झापा । झापामा शनिबार साँझ परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चट्याङ लागेर हल्दिबारी–३ का ५० वर्षीया लीला बानियाको ज्यान गएको हो ।
चट्याङ लागेर ११ वर्षीय अनिल बानिया र सोरधनी मिस्त्री घाइते रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
घाइतेहरुको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
साँझ ५ बजेतिर झापामा हावाहुरीसहित चट्याङ परेको थियो ।
Facebook Comments Box