झापा । मोरङको मधुवनीस्थित रंगेली विराटनगर सडक खण्डमा शनिबार संसारीमाई स्थानको दर्शन गरेर फर्किँदै गरेको को २ त १३१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
घाइते सबैको रंगेली अस्पतालमा उपचार भइरहेका पूर्व क्षेत्रीय प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box