बिर्तामोड। झापाको अर्जुनधारा –५ का ३७ बर्षीय इन्सल खनालले आफू अपहरणमा परेको नाटक गरेको खुलेको छ ।
यसअघि खनालले गत जेठ ३ गते दिउँसो विर्तामोडस्थित शनिश्चरे रोडबाट ३/४ जना युवाले अपहरण गरेको, साथमा रहेको ३ लाख नगद रुपैयाँ र मोवाइल समेत लुटेको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।
इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसार उनले वयानका क्रममा दिएका विवरण शंकास्पद लागेपछि नियन्त्रणमा लिई सोधखोज गर्दा आफ्नो आर्थिक कारोवार विग्रिएपछि अपहरणमा परेको नाटक गरेको स्वीकारेका छन् ।
र, उनीमाथि अहिले सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइएको छ ।
झापाको बिर्तामोडबाट सम्पर्कविहीन भएको २४ घण्टापछि सुनसरीको इटहरीबाट उनलाई प्रहरीले उद्धार गरेर अनुसन्धान सुरु गरेको थियो ।
Facebook Comments Box