कालिकोट । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ६ का वडाध्यक्षका राप्रपा उम्मेदवार धनरुप बटालाको छन् ।
नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो ।
घटनामा उनी घाइते भएका थिए । तर, पानी परेको र विप्लव समूहले बम हानिरहेका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र उनको निधन भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box