झापा । मुलुकको तीन महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरमा सोमबार बिहानदेखि मतगणना हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको थियो ।
आइतबार बिहान साढे ५ बजेसम्मको नतिजा अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११० मतसहित अग्रस्थानमा छन् भने दोस्रोमा हरिकृष्ण व्यञ्जनकारको ७८ र तेस्रोमा माओवादी केन्द्रका दिनेश महर्जनको २८ मत खसेको छ ।
काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ । मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।
Facebook Comments Box