
काठमाडौं । प्रमुख राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले गरेको शैक्षिक शुल्कवृद्धि विरुद्धको आन्दोलनअन्तर्गत आज निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको संगठन (प्याब्सन) केन्द्रीय कार्यालयमा ताला लगाइएको छ । साथै, केन्द्रीय कार्यालय परिसरमै विद्यार्थीहरुले प्रदर्शन समेत गरेका छन् ।
चर्को शुल्क असुल्ले विद्यालयहरुको संरक्षक नै प्याब्सन रहेकाले आज बिहान ११ बजे आन्दोलनरत विद्यार्थी संघसंगठनद्वारा डिल्लीबजारस्थित प्याब्सन केन्द्रीय कार्यलयमा तालाबन्दी गरिएको विद्यार्थी नेता आरसी लामिछानेले जानकारी दिए ।
चर्को शुल्कवृद्धि गर्ने स्कुलहरुमा पनि तालाबन्दी जारी राखिएको छ । तालाबन्दी गर्न उपत्यकाका १५ निर्वाचन क्षेत्रमा १५ वटा टोली बनाइएको छ । तालाबन्दी गर्नुपर्ने विद्यालयहरुको पनि सूची बनाइएको छ ।
संयुक्त विद्यार्थी संघ/संगठनको घोषित आन्दोलनको कार्यक्रम अनुसार चर्को शुल्क असुल्ने निम्न विद्यालयहरुको लेखा र प्रशासनिक शाखामा तालाबन्दी गरिएको छ-
१) रातो बङ्गला
२) नाइटिङ्गेल
३) रेडियन्ट
४) व्हाइटफिल्ड
५) स्वर्णिम
६) डीएभी
७) माउन्ट ग्ल्वरी
८) भीएस निकेतन
९) गीतान्जली
१०) रेडन
११) न्याम्स
१२) फ्लोरिसेन्ट
१३) अपि
१४) ज्ञान निकेतन
१५) काठमाडौँ विद्याकुन्ज,
१६) काव्य
१७) पुष्प सदन
१८) विभूति
१९) कन्चनजङ्घा
२०) प्यारागन
२१) संस्कृति
२२) एक्सल
२३) दिव्यज्ञान ,
२४) केसीभी
२५) डल्लु आवासीय विद्यालय डल्लु
२६) काठमाडौ भ्याली स्कुल
२७) ट्रिनिटी
२८) रोजबर्ड
२९) ओलम्पिया
३०) नोबेल
३१) पाठशाला,
३२) केएमसी
३३) चेल्सी
३४) अक्सिडेल्टल
३५) आइडियल स्कुल
३६) लिटिल एन्जल्स
३७) प्रिमियर
३८) जेम्स
३९) युनाइटेड
४०) टेक्सास
४१) त्रियोग
४२) युरोकिङ्गडम
४३) आइडियल
४४) रिलायन्स
४५) मार्बलस स्कुल
४६) बाबा
४७) रिलायन्स
४८) बागमती
४९) युलेन्स
५०) डेफोडेल,
५१) तक्षशिला
५२) हेम्स
५३) पेनउड