
काठमाण्डाैं । शुल्क बढाएका निजी विद्यालयमा संयुक्त विद्यार्थी संगठनले आज तालाबन्दी गरेको छ । संघठनले उपत्यका लगाएत देशैभरका निजि बिद्यालयहरुको लेखा तथा प्रसासन शाखामा ताला बन्दी गरिएको नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले बताउनु भयो ।
यसैगरि विद्यार्थी संघठनहरुले निजि विद्यालयहरुसंग कुनै पनि चन्दा नलिने घोषणा समेत गरेका छन् । साथै उनीहरूले आफूहरुको विरोधका कार्यक्रमले विद्यार्थीहरुका पठन पाठनलाई कुनै बाधा नपुर्याउने समेत बताएका छन् ।
Facebook Comments Box