बिर्तामोड । भ्रष्टचारको विरुद्धमा काम गर्दै आएको युवाको समूह बागेश्वरी असल शासन क्लब (बास), झापा शाखाको अध्यक्षमा पुनः राजेन्द्र खनाल चयन भएका छन् ।
शनिबार विर्तामोडमा बसेको बासकर्मीहरुको भेलाले आगामी दुई वर्षे कार्यकालका लागि खनालको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा कविराज चाम्लिङ, सचिवमा गौरव पोखरेल, सह–सचिवमा अर्जुन खरेल र कोषाध्यक्षमा अनिता भेटवाललाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा सेलिङ केसी, बिराट किराती, योगप्रसाद भट्टराई (सुनिल), सुस्मिता पोखरेल, नविन उप्रेती, दीक्षा तिम्सिना, सन्तोष विमली, सन्देश तिम्सिना र चन्द्र बस्नेत छन् ।
समितिको पहिलो बैठकले अर्को एक जना सदस्य थप गरी कार्यसमितिलाई पूर्णता दिने अध्यक्ष खनालले बताए ।
बासले झापामा भ्रष्टचारविरुद्ध अन्तरक्रिया, खबरदारी र चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।