विर्तामोड । झापाको विर्तामोडमा आइतबार साँझ आगलागी भएको छ । विर्तामोडको शनिश्चरे रोडमा रहेको रुपेश होटलमा आगलागी भएको हो ।
अहिले विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box