विर्तामोड । सीताराम कट्टेल, धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई झापामा भव्य सम्मान गरिएको छ ।
वीरता जेसीजका पूर्व अध्यक्षहरुको आयोजनामा अाज गरिएको भव्य कार्यक्रममा उनीहरूलाई सम्मान गरिएकाे हाे ।
उक्त सम्मान कार्यक्रममा झापाका विभिन्न संस्थाका तर्फबाट १४ लाख ३३ हजार रुपैयाँ सहयोग रकम समेत प्रदान गरिएकाे छ।
२०७२ सालकाे विनासकारी भूकम्पपछि धुर्मुस सुन्तली फाउन्डेसनले गरेकाे सामाजिक कामका लागि उनीहरूलाई सहयोग र सम्मान गरिएकाे हाे ।
धुर्मुस सुन्तली फाउण्डेसनले हालसम्म तीन वटा एकीकृत नमुना वस्ती बनाइसकेका छन् ।
उनीहरूले काभ्रेकाे पहरे बस्तीमा एकीकृत नमूना बस्ती, सिन्धुपाल्चाेकमा गिरान्चाैर एकीकृत नमूना बस्ती र भर्खर मात्र महाेत्तरीकाे बर्दीवासमा एकीकृत मुसहर बस्ती बनाइसकेका छन् ।
Facebook Comments Box