बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१/५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई शुक्रबार बिर्तामोडमा गिरी र भट्टराईले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
दुर्घटना तथा बिरामी परेको वेला पत्रकारको उपचारमा सहयोग पुर्याउन कोषका लागि रकम सहयोग गरेको बताउँदै गिरी र भट्टराईले यो अभियानमा सहयोग गर्न अरुलाई पनि आग्रह गरेकाछन् ।
पत्रकार सहारा उपचार कोषमा हाल १० लाख रुपैया जम्मा भएको कोषका संयोजक एकराज गिरीले जानकारी दिए ।
आगामी साउनबाट सञ्चालनमा आउने कोेषलाई ५० लाख हुदै क्रमश १ करोड बनाउने र कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने महासंघले जनाएको छ ।
कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार महासंघले न्यूनतम तीन हजार रुपैया शूल्क तिरेर कोषको सदस्य बन्न सबै पत्रकारलाई आहृवान गरेको छ ।