ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा सुकेटारबाट सदरमुकामतर्फ आउदै गरेको मे १ ज २४३८ नम्बरको पिकअप अनियन्त्रित भइ दुर्घटनामा हुँदा १० जना यात्री घाइते भएका छन् ।
दुर्घटनामा पिकअपमा सवर सुनसरी इनरुवा ३ बस्ने वर्ष ६८ की बुद्ध कुमारी सुवेदी, सोही ठाउँखी ४५ बर्षिया बिमला पौडेला, ४० बर्षिया लक्ष्मि अधिकारी, २३ बर्षिय प्रदिप पौडेल, २० बर्षिय निषेस दाहाल, २० बर्षिय निश्चल दाहाल, ३० बर्षिया सुव्वा, १८ बर्षिया दिक्षा राइ, ८ बर्षिया सृष्टी अधिकारी, ३३ बर्षिया अन्जु देवान घाइते भएका छन्।
घाइते सबैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने पिकअप चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ।
Facebook Comments Box