मेचीनगर । झापाको मेचीनगर नगरपालिका-११ मा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ५५ बर्षिय भिम प्रसाद बराल रहेका छन् ।
उनलाई विहान ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे ७ प १०२० नम्बरको मोटरसाइकलले बाटो पार गर्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका बराललाई विएनसी अस्पताल विर्तामोडमा पर्याउनसाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेची नगर नगरपलिका-१३ बस्ने १८ बर्षिय प्रभात तामाङ समेत घाइते भएकाले मनकामना अस्पताल चारआलीमा उपचार भइइरहेको प्रहरीले जनाएको छ।
यता, मोरङको बेलबारी नगरपालिका-२ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प २७६४ नम्बरको मोटसाइकलले ठक्कर दिदा पैदलयात्री भोजपुर सदानन्द नगरपालिका-४ बस्ने ५९ बर्षिया देबीका बस्नेत घाइते भएकी छिन।
उनको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने दुर्घटनमा मोटरसाइकल चालक झापा दमक-५ बस्ने बर्ष ३० को सुदिप थापा समेत घाइते भएकाले उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।