गडीगाँउ । झापाको बुद्ध–शान्ति गाउँपालिका ६ गडीगाँउ साविक शान्तिनगर २ स्थित शिद्धेश्वर शिव मन्दिरद्धारा गठीत बाल क्लब शिद्धेश्वर प्रतिभा बाल बगैँचाको आयोजनामा आजदेखि श्रीमद् भागवत महापुराण धान्यञ्चल महायज्ञ शुरु भएको छ ।

आज विहान १० बजे सोहि मन्दिरबाट कलश यात्रा शुरु भई बुद्धशान्ति वाड नम्बर ६ को साउनेपानी देविथान, शिव पाञ्चायन मन्दिर, राधा कृष्ण मन्दिर र वाड नम्बर ५ मा अवस्थित लक्ष्मी नारायण तथा राधाकृष्ण मन्दिर र बौद्यगुम्बामा बालबालिका हरुकै सञ्चालनमा औपचारिक कार्यक्रमसहित परिक्रमा गरी पुराण आयोजना स्थलमा आई पुराण सुभारम्भ गरिएको छ ।

बाल पंण्डित राजन अधिकारी र सञ्जय सापकोटा मुख्य बाचक रहेको पुराणमा भोलीेदेखि प्रत्येक दिन कथा श्रवण, आरती पुजा, भजन किर्तन र प्रत्येक दिन साँझ बालबालिकाहरु द्धारा झाकी प्रस्तुत गरिने छ ।
पहिलो दिन सिद्धीदाता गणेश, दोस्रो दिन कपिल देव हुती, तेस्रो दिन वामन अवतार, चौथो दिन कुष्ण जन्म, पाँचौ दिन गोवरधन लिला, छैटौ दिन रुकमीणी विवाह र अन्तिम दिन कृष्ण सुधामा मिलनको बाल क्लबका बालबालीकाहरु बाटै झाकी प्रस्तुत गरिने झाकिका सहजकर्ता कृष्ण कुइकेलले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आठ गते सामुहिक ब्रत्बन्धसहित गुन्युचोली कार्यक्रम पनि सम्पन्न गरिने छ । सात दिनका लागी सात जना अध्यक्ष मण्डल बालबालिकाको समिति गठन गरिएको छ।
पुराणबाट संकलित रकमले सोहि मन्दिर परिसरमा निर्माणाधिन पुस्तकालयलाई पुर्ण रुप दिने, बालबालिकाको स्तर उन्नतीको लागी कम्प्युटर खरिख गरि प्राविधिक ज्ञान हासील गर्ने, बाध्यबाधनको सामाग्री खरिद गरि स्थानिय स्तरमै संगीतको औपचारिक ज्ञान हासिल गर्ने बाल क्लबका सहजकर्ता संयोजक बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
वि. स. २०७२ सालमा स्थापित बाल क्लबले बालबालिकाको बृद्धि विकासका लागी विभिन्न कार्यक्रम गर्ने, बालबालिकमा निहीत प्रतिभा प्रष्फुटन गर्ने, नैतिक तथा आध्यात्मिक आचरणको विकासमा मद्धत गर्ने, एक आपसमा भएका सिपहरु आदान प्रदान गर्ने र भएका साहित्यीक, सांकृतिक,सांगीतिक अभिनयात्मक क्षमता तथा विचारलाई सबै सामु निर्धक्क राख्न सक्ने विकासका लागी विभिन्न क्रियाकलाव गर्दै आएको छ ।
उक्त क्लवमा हाल १०० जना बालबालिकाहरु आबद्ध छन भने बासुदेव न्यौपाने, नृत्य प्रशिक्षक ज्ञानु सुब्बा, समाजसेवी तथा कलाका धनी कृष्ण न्यौपाने र कृष्ण कुइकेल सहजकर्ताको रुपमा रहेका छन् ।
क्लबका सहजकर्ताले प्रत्येक शनिबार विहान १० बजेदेखी १२ बजेसम्म क्षमता अभिबृद्धि सम्बन्धि विभिन्न क्रियाकलाप तथा तालीम प्रदान गर्दै आएका छन । आयोजीत पुराण पनि सोहि बाल क्लबका बालबालिकाहरुकै सक्रियतामा आयोजना भएको हो । पुराणमा स्वागत देखि सञ्चालन लगायत सम्पुर्ण कार्य बालबालिका ले नै गर्नेछन ।