मेचीनगर । सनातन धर्म सेवा समिति मेचीनगर ९ खुट्टीडाँगीले बुधबार ३६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । रामनवमीको अवसर पारेर ७० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सनातन धर्म सेवा समिति झापा शाखाका पूर्व अध्यक्ष तोयानाथ रिमालले एक सय बर्षिया धनमाया सुवेदीलाई सम्मान गरेर उक्त सम्मान कार्यक्रमको शुरुवात गरेका थिए ।
ज्येष्ठ नागरिकहरुलाई टिका लगाइदिएर तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि रिमालले ज्येष्ठ नागरिक समाजका गहना भएको बताए । अर्का अतिथि चन्द्रमणि पौडेलले ज्येष्ठ नागरिकको सम्मान गर्न सबैले सिक्नु बताए ।
कार्यक्रमको स्वागत सम्मान कार्यक्रमका संयोजक टिकाराम भण्डारीले गरेका थिए भने सञ्चालन हेमेन्द्र निरौलाले गरेका थिए ।
Facebook Comments Box