काठमाण्डाैं, २१ चैत । नेपाल आयल निगम लिमिटेडले युरो फोर मापदण्डअनुसारको पेट्रोलियम पदार्थ बिक्रीवितरण सुरु गरेको छ ।
आजदेखि काठमाडौं, पोखरा, विराटनगर, भैरहवा र झापामा युरो फोर मापदण्डको पेट्रोलियम पदार्थ बिक्री सुरु भएको र भोलिदेखि देशभर बिक्रीवितरण हुने निगमका प्रवक्ता सीताराम पोखरेलले बताउनुभयो ।
युरो फोर मापदण्डको पेट्रोलियम बढी गुणस्तरको हुनुका साथै वातावरण प्रदूषण कम गर्ने उहाँले बताउनुभयो । यसले पेट्रोलियम खपत पनि कम हुने र माइलेज बढाउने उहाँको भनाई छ ।
पेट्रोलियममा सल्फर नामक पदार्थ कम भएपछि वातावरण प्रदूषण पनि घटाउने उहाँको भनाई छ । पोखरेलका अनुसार युरो थ्रीमा १५० पीपीएम सल्फर हुन्छ भने फोरमा ५० पीपीएम मात्र हुन्छ ।
Facebook Comments Box