भद्रपुर । झापाको भद्रपुर–१० मा रहेको चारआली–केचना सडक खण्डमा रहेको नालामा डुबेर एक बालकको मृत्यु भएको छ भनेअ एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार उनको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, घाइते हुनेमा सोही ठाउँका ६ वर्षीय समिर बजगाईं रहेका छन् । उनको अहिले विएण्डसीमा उपचार भइरहेको छ । बजगाईंको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था अहिले खतरामुक्त छ ।
स्थानीयले ठेकेदारको लापरबाहीले बालकको ज्यान भएको बताएका छन् ।
Facebook Comments Box