सुरुङ्गा । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गामा रहेको सुरुङ्गा सहकार्य युवा क्लबको १२ औं साधारणसभा तथा चौथो अधिवेशनले टीकाराम भण्डारी (सुदिप) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा डम्बरकुमारी दाहाल, सचिवमा कृष्ण सिटौला, सह–सचिवमा मनिष गिरी र कोषाध्यक्षमा खुश्बु पौडेल रहेका छन् ।
सदस्यहरुमा नलिना मैनाली, आँचल कडरिया, प्रतावबाबु जमरकट्टेल, रोशन श्रेष्ठ र रविन गुप्ता छन् । सर्वसम्मत रुपमा कार्यसमिति गठन गर्नका लागि कमलप्रसाद कट्टेलको नेतृत्वमा रहको निर्वाचन समितिले भूमिका खेलेको थियो ।
कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको प्रमुख आतिथ्यमा भएको सभामा अध्यक्ष राजकुमार कट्टेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।
कार्यक्रमकै अवसरमा क्लबलाई उल्लेखनीय योगदान पुर्याएको भन्दै कनकाई सामुदायिक वन उपभोक्ता समूह र क्लबका सदस्य कृष्णप्रसाद लुइँटेल सम्मान–पत्र तथा दोसल्ला ओडाएर सम्मान गरियो ।
कार्यक्रममा कुमारमणि पोखरेल, पर्शुराम गिरी, प्रभाखर कडरिया, जनार्दन उप्रेती, श्यामकुमार पौडेल, नारायण पोखरेल, जविन तिम्सिना, राजेन्द्र उप्रेती, ज्योतीकुमार उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन टिकाराम भण्डारी र कमल कट्टेलले गरेका थिए ।