काँकरभिट्टा । पूर्वका वित्तीय संस्थाहरुमा लुटपाट गरेको अभियोगमा प्रहरीले झापाको बाहुनडाँगीबाट एक जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाहुनडाँगी ४ का पूर्ण लुङ्गेली मगर रहेका छन् । मगरलाई शनिबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
मगरको नेतृत्वमा रहेको समूहले दुई दिनअघि कर्मचारीमाथि पेस्तोल तेस्र्याएर स्थानीय जीवन विकास लघुवित्त संस्थाको कार्यालयबाट एकलाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले पक्राउ परेका मगरको साथबाट एक थान पेस्तोल पाँच राउण्ड गोली नगद १५ हजार र दुई थान मोटरसाईकल बरामद भएको बताए ।
मगर यसअघि पनि बैंक तथा वित्तिय संस्था लुटपाटको अधियोगमा पक्राउ परी कैद सजाय भुक्तान गरेर मुक्त भएका व्यक्ति हुन । घटनामा संलग्न अन्य चार जनामध्ये दुई जनाको पहिचान भइसकेको डिएसपी शर्माले बताए ।