तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्ति बजारमा बस्दै आएका अग्नी पीडितको टहरा जिल्ला बाहिरका व्यापारीले कब्जा गरेका छन् ।
गएको पुस १ गते भएको आगलागीका पीडित बन्दै आएको टहरालाई अहिले फिक्कल र विर्तामोडका व्यापारीले पकडमा लिएका हुन् ।
आवतजावतमा समेत असर पर्ने गरी टहराको ढोका समेत बारेर व्यापारीहरू व्यावसाय सञ्चालनका लागि बसेको पीडितले गुनासो गरेका छन् ।
हरेक महिनाको १ गते संक्रान्ति बजारमा हाट लाग्ने गर्छ । अहिले त्यहाँ परम्परादेखि व्यावसाय गर्नेले समेत ठाउँ पाएका छैनन् ।
परम्परादेखि व्यावसाय गर्दै आएका व्यापारीले व्यापार गर्ने ठाउँ नपाएपछि उद्योग वाणिज्य उपशाखा संक्रान्तिबजारमा गुनासो गरेका छन् ।
नयाँ व्यापारीहरूले स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई जानकारी नगरी पीडितको टहरामा बसेको वाणिज्य संघले जनाएको छ ।
Facebook Comments Box