विर्तामोड । अर्जुनधारा जलेश्वर धामका आचार्य पुष्पलाल निरौलाको निधन भएको छ । मंगलबार दिउँसो पौने बाह्र बजे उहाँको निधन भएको धाम कार्यसमिति सदस्य लीला चिमरियाले जानकारी दिए ।
निरौला करीब ८ महिनादेखि ब्रेन ट्युमरबाट पीडित थिए । झापाको विएन्डसी शिक्षण अस्पतालमा शल्यक्रिया गरेपश्चात पनि उनको अवस्था ठिक हुन सकेन ।
निरौलाको शवलाई मंगलबार नै कनकाई आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
Facebook Comments Box