पर्वत, २२ माघ । कुश्माकाे लालेश्वर गुफा जिर्णाेद्धार तथा संरक्षण समिति गठन भएकाे छ ।
कुश्मा नगरपालिका १२ चुवा स्थित धार्मिक तथा पर्यटन विकासको सम्भावना बोकेर पनि ओझेलमा परेको लालेश्वर गुफालाई धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउने उद्देश्यका साथ त्यहि ठाउँका स्थानिय युवाहरुले सत्र सदस्यीय लालेश्वर गुफा जिर्णोद्धार तथा सरंक्षण समिति गठन गरेका हुन् ।
समितिको अध्यक्षमा विष्णु प्रसाद पोख्रेल, उपाध्यक्षमा कृष्ण प्रसाद सुवेदि, सचिवमा कमल पोख्रेल ‘लमक’, उपसचिवमा बलेन्द्र भण्डारी ‘आशिष’ र कोषाध्यक्षमा विजय पौडेल रहेका छन ।
त्यस्तै सदस्यहरुमा धन्नजय पौडेल, ज्ञानु परियार, नारायण पोख्रेल, प्रकाश पौडेल, रुद्र पोख्रेल, रुपा पोख्रेल, यसोदा पौडेल, शोभा पौडेल जिसी, गोपाल बिक, गणेश पोख्रेल, देविकुमारी पाध्या र सागर पौडेल लगाएत रहेका छन ।
समितिका अध्यक्ष विष्णु प्रसाद पोख्रेलले गुफामा तत्काल विद्युतिकरण गर्नुपर्ने भएकाले त्यसका लागि आर्थिक तथा केहि जनशक्ति आवश्यक पर्ने भन्दै सबैलाइ सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै समितिका सचिव कमल पोख्रेल ‘लमक’ ले गुफाले हाम्रो पहिचान पनि कायम राख्ने भन्दै त्यसलाई सरंक्षण, सम्बर्धन र विकास गर्नु सबैको दायित्व भएको धारणा राख्नुभयो।
कार्यक्रममा उपसचिव बलेन्द्र भण्डारी ‘आशिष’, सदस्य धनन्जय पौडेल, नारायण पोख्रेलले समेत आआफ्नो धारणा राख्नुभएकाे थियाे । सदरमुकाम कुश्मादेखि झन्डै साडेचार किलोमिटर दुरिमा रहेको उक्त गुफामा ४०० मिटर परसम्म विभिन्न देविदेवताका आकृतिहरु भेटिएका थिए ।