
काठमाडौं । अखिल क्रान्तिकारी त्रि. वि. किर्तिपुरद्वारा आयोजित “स्मरण शक्ति अभिवृद्धि सेमिनार” मा विश्व कीर्तिमानी अर्पण शर्मा कट्टेललाई कार्यक्रमका प्रमुख अतिथि माननीय शिक्षा मन्त्री धनीराम पौडेलले सम्मानित गरेका छन् । शर्मालाई त्रिविको शिक्षा विभागको सभाहलमा सम्मान गरिएको हो ।
सो कार्यक्रममा विभिन्न शिक्षाविदहरुको उपस्थिति रहेको थियो । करिब ७०० विद्यार्थी विश्व कीर्तिमानी अर्पण शर्माको कार्यक्रममा उपस्थित थिए । शिक्षा मन्त्री पौडेलले अर्पण शर्माको खुलेरै प्रशंसा गरे ।

उनले अर्पणको स्मरण क्षमतालाई देशको शिक्षा प्रणालीमा सही तरिकाले उपयोग गर्नु पर्ने बताए । ४ घण्टाको सो कार्यक्रममा अर्पण शर्माले स्मरण शक्ति बढाउने टिप्सहरु दिनका साथै रमाईला गीतहरु गाएर सबैलाई मनोरञ्जन दिलाएका थिए ।
Facebook Comments Box