विर्तामोड । वीरता जेसीज बिर्तामोडको ३६औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सोमवार राति सम्पन्न भएको छ ।
वीरता जेसीज सन् २०१६का अध्यक्ष सजेश शिवाकोटीको गलामा रहेको जेसीज अध्यक्ष चेन सन् २०१७का अध्यक्ष सञ्जु भारतीको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा सन् २०१६का अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षता र कार्यक्रम संयोजक एकराज गिरीको संयोजनमा समारोह सम्पन्न भएको थियो ।
कार्यक्रममा दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार याम कार्कीलाई नगद ५ हजार एक सयसहित पुरस्कारका संस्थापक बसन्त रिमालले प्रदान गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक एकराज गिरीले स्वागत गरेका थिए भने कार्यकारिणी उपाध्यक्ष वीरबहादुर दर्नालले आस्था वाचन गरेका थिए । जेसीआईका संस्थापक हेनरी किसन वियरको तस्वीरमा माल्यार्पण तथा गमलामा रोपिएको फूलमा पानी हालेर प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत भक्तराज भारतीले नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरेका थिए । सन् २०१७को अध्यक्षमा चयन भएसँगै भारतीले महासचिवमा जीवन खड्का, कानूनी सल्लाहकारमा मिजास पोखरेल, कोषाध्यक्षमा मिकि कार्कीलाई मनोनित गरेका थिए ।
त्यस्तै अध्यक्ष भारतीले विभिन्न पदहरुको संयोजक समेत मनोनयन गरेका थिए । जस अनुसार सम्बन्ध विकास संयोजक दीपक साफी, अन्तरशाखा संयोजक राजु भारती, स्वागत संयोजक, ओमप्रकाश लुइँटेल, जनचेतना संयोजक योगेश गिरी, कार्यक्रम व्यवस्थापन संयोजक रोनित राजवंशी, स्वयम्सेवक संयोजक शत्रुधन गुप्ता, मातृ शाखा संयोजक सुमन ढकाल, अवार्ड संयोजक सञ्जय राजवंशी, अतिरिक्त क्रियाकलाप संयोजक धनलाल राजवंशी, शिक्षा संयोजक सन्देश मल्ल, विपद् जनचेतना संयोजक सुरेन्द्र धिमाल, अर्थ संयोजक नवराज भारती, दुर्घटना न्यूनीकरण संयोजक पवन न्यौपाने, दीर्घकालीन योजना संयोजक युवराज कुँवर, नेपाल जेसीज संयोजक अशोक गिरी, सांस्कृतिक कार्यक्रम संयोजक एलसी श्रेष्ठ, सञ्चार संयोजक राजु सापकोटा, संघ–संस्था संयोजक समन्वयन संयोजक दीपेन चौधरी, बृद्धि सभापति राकेश साह, अन्तर्राष्ट्रिय संयोजक रमेश कार्की, खेलकुद संयोजक विशाल थापा, कोषबृद्धि संयोजक मनोज साह, स्वास्थ्य संयोजक उपेन्द्र प्रधान, रक्तदान संयोजक वीरबहादुर दर्नाल, युवा संयोजक राजीव धिमाल, शाखा सम्पादक प्रवीण खड्का, सहकोषाध्यक्ष केशव श्रेष्ठ र वातावरण संयोजक तुलसीप्रसाद निरौला रहेका छन् ।
कार्यक्रममा बर्ष सन् २०१७का अध्यक्ष भारतीले निर्वाचित तथा मनोनयन भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रममा विशिष्ठ अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमारखत्री, पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीज पूर्व अध्यक्षहरुका क्लब झापाका छविलाल खतिवडा, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष रजनी बजगाई, वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बर्ष २०१६का महासचिव प्रकाश सुवेदी र २०१७का महासचिव जीवन खड्काले गरेका थिए ।
सञ्जु भारती नेतृत्वको वीरता जेसीज सन् २०१७ को बोर्डमा कार्यकारी उपाध्यक्षमा प्रकाश सुवेदी र दिवाकर प्रसाई, संयुक्त सचिवमा घनश्याम चौधरी,तालिम संयोजकमा एकराज गिरी, उपाध्यक्षमा रमेश चौधरी,कुशल खतिवडा,विकास बस्नेत र सुनील थापा जनसम्पर्क अधिकारीमा बिनोद पाण्डे कमल र प्रकरण निर्देशकमा यम विमली रहेका छन् । त्यस्तै महासचिवमा जीवन खड्का, कानूनी सल्लाहकारमा मिजास पोखरेल, कोषाध्यक्षमा मिकि कार्कीलाई मनोनित भएका छन् ।
Facebook Comments Box