बिर्तामोड । शहिद दिवसको अवसर पारेर क्रिएटिभ नेपलिज युथले झापा बिर्तामोडको कन्काई क्याम्पसमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
झापाका बिभिन्न आठवटा क्याम्पसका १५ जना बिद्यार्थीले भाग लिएको सो प्रतियोगितामा सहिदहरुको सम्झनामा कविता लेखन तथा वाचन गरिएको थियो ।
शहिदहरुको फोटोमा अविर र माल्यापर्ण गरेर उृद्घाटन गरिएको अन्तर क्याम्पस कविता लेखन तथा वाचन प्रतियोगितामा मनकामना क्याम्पस, बिर्तामोडबाट सुनिरा मैनाली प्रथम, मेची क्याम्पस भद्रपुरबाट तिर्थ ढुंगाना द्वितिय, कन्काइ क्याम्पस बिर्तामोडबाट मनिता सिटौला तृतीय र सोही क्याम्पसबाट हिरा अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
प्रथमलाई दुई हजार पाँचसय, दोस्रोलाई एकहजार पाँचसय, तेस्रोलाई एकहजार र सान्तवना पुरस्कार पाँचसय रुपैयाँसहित मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिएको संस्थाका अध्यक्ष टिकाराम धमलाले जानकारी दिए । साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कन्काई क्याम्पसका संस्थापक तथा समाजसेवी साथै शिक्षासेवी जयनारायण ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार केशव भट्टराई र शिक्षक राजेन्द्र प्रसाईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । संस्थाकी सदस्य बिलक्क्षना भट्टराईले सञ्चालन गरेको कार्यक्रम सहसचिव मौसम खड्काले संयोजन गरेका थिए ।
Facebook Comments Box