काठमाण्डाैं ।
काठमाण्डौंको कुलेश्वरको आइतबार राती ठूलो आगलागी भएको छ। कुलेश्वरको आवास क्षेत्र गेटको विपरितमा सात वटा सटर भएको घरमा आगलागी भएको हो।
सटरमा किचेन वेयर, न्यू गौतम ओभरसिज, होटल र गोदाम रहेको बताइएकाे छ । ६ वटा दमकल र दस वटा ट्यांकरले तीन तीरबाट पानी हाल्दा पनि आगो नियन्त्रणमा अाउन नसकिरहकाे बताइएकाे छ ।
अहिले काठमाडौं, ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रण गर्न सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
Facebook Comments Box