भरतपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशन शनिवारदेखि चितवनमा सुरु हुँदैछ ।
अधिवेशनमा देशभरका ४४७ शिक्षकको सहभागिता रहने सङ्गठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिएका छन् । राज्य पुनःसंरचना आयोगले राज्य पुनःसंरचना गरेअनुसार सङ्गठनको संरचनालाई अघि बढाउने उद्देश्यले विधान अधिवेशन गर्न लागिएको उनले बताए ।
अधिवेशनले शैक्षिक प्रक्रियालाई व्यवस्थित गर्दै अघि बढाउन सहज हुने थापाले बताए । अधिवेशन दुई दिनसम्म चल्नेछ ।
Facebook Comments Box