विर्तामोड । मुलुकको हालको राजनीति स्थितिले देश चुर्लुम्म डुबेको र त्यसलाई नसुधारे भयावह स्थिति आउने विहीबार मेचीनगरको ईंटाभट्टामा आयोजित स्वास्थ्य महोत्सवका बक्ताहरुले बताएका छन् ।
स्वस्थ समाजका लागि स्वस्थ राजनीति विषयमा बोल्ने बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र, राजनीतिक विश्लेषक मुमाराम खनाल तथा लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी एक देखिए ।
मिश्रले अबको राजनीतिलाई सुधार गर्ने हो भने राजनीतिक पात्र नै फर्नुपर्ने तर्क गरे । मुमाराम खनालले पनि राजनीतिमा इमान्दारी नै नभएकाले देशको दूरावस्था भएको बताए । पत्रकार काजीले भएकै राजनीतिक पात्रहरुको बुद्धि पलाए देशमा समृद्धि हुने बताए ।
बहसको सहजकर्ता सागर शिवाकोटीले गरेका थिए ।
Facebook Comments Box