काठमाडौं । माइती नेपालकी संस्थापक समेत रहेकी नेपाल सामाजिक अभियन्ता अनुराधा कोइरालालाई भारत सरकारले उदाहरणीय कार्य गरेबापत २०१७ सालको पद्मश्री सम्मान प्रदान गरेको छ। नेपालका लागि भारतीय दुतावास, काठमाडौंले आफ्नो ट्वीटर ह्यान्डलमार्फत कोइरालालाई बधाइ समेत दिएको छ।
पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने विशेष सम्मान हो।
०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी नागरिक हुन्। कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारत बेचिएका महिला र बालबालिकाहरुको उद्दार र संरक्षणमा काम गर्दै आएकी छिन्।
Facebook Comments Box