काठमाण्डौं । वरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको छ ।
लामो समयदेखि ओछ्यानमै थला परेका उनको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
निकै लोकप्रिय ‘तिरिरी मुरली बज्यो बनैमा’ भन्ने गीतबाट ख्याती कमाएका उनले राष्ट्रका लागि गीत संगीतको क्षेत्रमा उच्च योगदान र्पुयाएका छन् । उहाँको आजै टेकु दोभानमा अन्तेष्टी गरिने छ । उहाँका चार छोरा र एक छोरी छन् ।
Facebook Comments Box