सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघ, झापाले फरक क्षमता विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
लक्ष्मीपुरस्थित हिमाली निम्न माध्यमिक विद्यालयमा अध्ययरत फरक क्षमता भएका विद्यार्थी र उनीहरुलाई पढाउने शिक्षकलाई स्वीटर वितरण गरिएको हो ।
संघका अध्यक्षता कुमारमणि पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष नेत्र नेपाल, विद्यालयका प्रधानाध्यापक केशव ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष कष्ृण चुडाल, सचिव जीवन चुडाल, ख्याम ओली, कोषाध्यक्ष खिनमाया खतिवडा, कार्यालय सचिव गोमा कार्की लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box