विर्तामोड । एप्लास्टिक एनिमियाबाट थलिएकी झापा पृथ्वीनगर ७ की सुजता सुवेदीको आइतबार निधन भएको छ । उनको काठमाडौंमा विहान ३. ५० बजे निधन भएको पारीवारिक श्रोतले जानकारी दिएको छ । उनको शव झापा ल्याईंदै गरेको बताइएको छ ।
उनको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको थियो । उनलाई देश विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम जारी थियो । २२ बर्षिया सुजतालाई बचाउन सहयोग गर्नेहरुले उनको चीर शान्तिको कामना गरेका छन् ।
Facebook Comments Box