विर्तामोड । झापाको विर्तामोड स्थित कृषि थोक बजारमा साप्ताहिक रुपमा लाग्दै आएको बुधबारे हाटमा हुने भीड तथा सम्भावित दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले मध्यान्न १२ बजेदेखी साँझ ६ बजे सम्म ठूला सवारीसाधनलाई रोक लगाईएको छ । सामाजिक युवा समाज यस वाई यसको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय विर्तामोडको सहकार्य साथै विभिन्न संघ संस्थाको सहयोगमा उक्त कार्यक्रम बिहीबारबाट शुरु भएको हो ।
त्यस्तै साना सवारी साधनलाई पार्कीङ्को उचित व्यवस्था गरिएको सामाजिक युवा समाज यस वाई यसका अध्यक्ष सन्देश रिजालले जानकारी दिएका छन् । उनका अनुसार विहीबार सामाजिक युवा समाजका प्रतिनिधि, ट्राफिक कार्यलय विर्तामोड, हेल्पिङ हयाण्डस् विर्तामोड साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सहयोग गरेका थिए ।
भर्खर मात्रै स्थापना भएको सामाजिक युवा समाजले विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको छ । समाजका अध्यक्ष रिजालका अनुसार उक्त समाजले विशुद्ध सामाजिक कार्य गर्दै अगाडी बड्ने योजना रहेको बताएका छन् ।