टाघनडुब्बा । झापाको दक्षिणी गाविस टाघनडुब्बा–८, गैरीगाउँमा रहेको नमुना प्राथमिक विद्यालयमा अध्ययरत सन्थाल र दलित समुदायका गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई झापाको विवेचना दैनिकको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रमका बीच विवचेना दैनिक र धरानको हामी साथी साथी नामक संस्थाले त्यहाँका १ सय ४० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । विवेचनाका तर्फबाट सम्पादक हिमाल खरेल, हामी साथी साथीका सुमन श्रेष्ठ, गोपाल दाहाल, थिरबहादुर श्रेष्ठ, बिर्तामोडमा व्यवसाय गर्ने पाँचथरका खगेन्द्रप्रसाद राई लगायतले स्वीटर, टोली, जुत्ता र मोजा विद्यालयलाई हस्तान्तरण गरे ।
सहयोग अभियानमा विर्तामोडका युवा समाजसेवी टेकबहादुर लिम्बु, अम्बिका पोखरेल, क्षितिज देवान, तुला बोखिम, बलदेव गोदेन, राजुजङ्ग कन्दङ्वा, सुबोध पाठक, राहुल शर्मा, जुही शर्मा लगायतले सहयोग गरेका थिए ।
टाघनडुब्बा गाविसका सचिव राजेन्द्रप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक कमला विश्वकर्मा, विद्यालयका संस्थापक तथा शिक्षासेवी बालुराम खरेल, गाविसका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद उप्रती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगनाथ पौडेल, लक्ष्मी प्राविका प्रधानाध्यक प्रताप विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।