उर्लाबारी । पत्रकार गोविन्द पोख्रेल पुरस्कृत भएका छन् । उर्लाबारी नगरपालिकाले प्रदान गर्ने ७ हजार ५ सय राशीको क्रियाशील पत्रकारिता पुरस्कारबाट पोख्रेल सोमबार पुरस्कृत भएका हुन् ।
उर्लाबारी नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममामा पोख्रेललाई संघीय मामिला तथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले दोसाल्ला ओढाई नगद र प्रमाण–पत्र सहित पुरस्कृत गरे । उर्लाबारीलाई कार्मथलो बनाई पोख्रेल तीन वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।
वातवरण,सुरक्षा र स्वास्थ्यमा केन्द्रित भएर पोख्रेलले कलम चलाउदै आएका छन् । सोही कार्यक्रममा उर्लाबारीका पत्रकार मदनबाबू प्रसाईलाई विकास पत्रकारिता पुरस्कारबाट नगरपालिकाले पुरस्कृत गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५को स्वीकृत बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १५ करोड ५६ लाख ८८ हजार बजेट आयतर्फ पस्ताव गरेको छ ।
अन्तरि स्रोतबाट एक करोड ५९ लाख,बाह्य स्रोतबाट ५३ लाख,सामाजिक सुरक्षा अनुादनबाट ५ करोड ८५ लाख,पुजिँगत अनुदानबाट प्राप्त ४ करोड ९५ लाख,रजिस्ट्रेशनबाट ३५ लाख,पूर्वाधार विकासबाट एक करोड ४७ लाख ४४ हजार लगायत अन्य विविध शिर्षकहरुबाट १५ करोड ५६ लाख रुपैँया आयमार्फत प्राप्त हुने कार्यकारी अधिकृत मगरले बताए ।
यस्तै,प्रस्तावीत खर्चतर्फ प्रशासनीकमा ७ करोड ५५ लाख १५ हजार रहेको छ । यसमा सामाजिक सुरक्षा समेत जोडिएको नगरपालिकाद्वरा प्रस्तुत पुस्तिकामा उल्लेख गरिएको छ ।
यस्तै,कार्यक्रम तथा पुजीँगत खर्चमा ८४ लाख ५० हजार,अन्य कार्यक्रम खर्चमा १८ लाख ५० हजार लगायत अन्य विभिन्न शिर्षकहरु गरी आय बराबरको खर्च कार्यकारी अधिकृत मगरले प्रस्तुत गरेका छन् ।
नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरीक,बाह्य,समाजिक सुरक्षा,नेपाल सरकार लगायत अन्य विभिन्न शिर्षक गरी १६ करोड ८७ लाख ४५ हजार को बजेट संशोधिन गरी स्वीकृत पेश गरको छ ।
नगरपालिकाले आप्mनो उपलब्धीहरुमा एकिृत सम्पत्ति कर प्रणालीको वैज्ञानिक ढंगबाट शुरुवात गरेको,निजी क्षेत्रलाई फोहोर व्यव्स्थापनको जिम्मा लगाएको,सौर्य सडक बत्ती कार्यक्रमबाट चालू आर्थिक वर्षबाट प्रारम्भ गर्ने,सिमसारयुक्त पर्यटकीय नगरी उर्लाबारीलाई कार्यान्वयन गर्न नगर क्षेत्रका सिमसारहरुलाई सुन्दर र आकार्षक बनाउन चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको,सिसी क्यामेरा जडान,कभड हल निर्माण,बक्राहा घाट निर्माण जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गरेको छ ।
चोथो नगर परिषदबाट पारित स्वीकृत बजेट,नीति तथा कार्यक्रमको अवसर पारी उर्लाबारी नगरपालिले मोरङ मोडल कलेजलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको छ ।
यस्तै,उत्कृष्ठ कर्मचारीमा सम्झाना भण्डारीर्लाई सम्मान गरेको छ ।
No Comments
This is a comment to the admin. I discovered your पत्रकार गोविन्द पोख्रेल पुरस्कृत – खबरमञ्च खबरमञ्च page by searching on Google but it was hard to find as you were not on the first page of search results. I know you could have more traffic to your site. I have found a website which offers to dramatically improve your rankings and traffic to your website: http://v-doc.co/nm/iic6a I managed to get close to 500 visitors/day using their service, you can also get many more targeted traffic from Google than you have now. Their service brought significantly more visitors to my website. I hope this helps!
I decided to leave a message here on your पत्रकार गोविन्द पोख्रेल पुरस्कृत – खबरमञ्च खबरमञ्च page instead of calling you. Do you need more likes for your Facebook Fan Page? The more people that LIKE your website and fanpage on Facebook, the more credibility you will have with new visitors. It works the same for Twitter, Instagram and Youtube. When people visit your page and see that you have a lot of followers, they now want to follow you too. They too want to know what all the hype is and why all those people are following you. Get some free likes, followers, and views just for trying this service I found: http://korturl.no/1pwo8