झापा । युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ।
शनिबार उनी आफ्नो बाथरुमा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।
उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका विवरणमा उल्लेख छ।
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।
मृत्युको कारण पोष्टमार्टम पछि मात्र भन्न सकिने अष्ट्रेलियामा रहेका उनका नातेदार रेश मरहठ्ठाले बताए।
Facebook Comments Box