झापा । झापा जिल्लामा आव २०७३÷७४ का लागि सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु ११ करोड ६४ लाख बजेट विनियोजन गरेका छन् ।
सोअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा रु दुई करोड १५ लाख, निर्वाचन क्षेत्र नं २ मा करिब रु दुई करोड ४३ लाख , निर्वाचन क्षेत्र नं ३ मा करिब रु दुई करोड ६६ लाख , निर्वाचन क्षेत्र नं ४ मा रु एक करोड २६ लाख, निर्वाचन क्षेत्र नं ५ मा करिब रु एक करोड ४४ लाख , निर्वाचन क्षेत्र नं ६ मा रु ७३ लाख ५० हजार र निर्वाचन क्षेत्र नं ७ मा करिब रु एक करोड ३७ लाख बजेट विनियोजन भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो ।
Facebook Comments Box