काठमाडौँ- कक्षा १२ को परीक्षा सुरु भएको छ ।
आइतवार बिहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सुरु भएको हो । आइतबारबाट सुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुनेछ । यसअघि वैशाख ११ गतेदेखि शुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुनेछन् ।
Facebook Comments Box