पर्वत । पर्वतका सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको छ । जिल्लामा रहेका सबै सामुदायिक विद्यालयमा हाजिर मेसिन जडान गर्ने लक्ष्य रहेको छ ।

पहिलो चरणमा नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिने जनाइएको छ । नगरपालिका भित्र रहेका २२ ओटा माध्यमिक विद्यालयमा माघ महिनाभित्र विद्युतीय हाजिरी जडान गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो ।
नगरपालिका बाहिरका ७० विद्यालयमा पनि यसै आर्थिक वर्षमा पनि विस्तार गरिने छ । अहिले नगरपालिका भित्र रहेका नुवार सुवेदीथर माध्यमिक विद्यालय पाङ, मंगलोदय मावि चुवा र शिवालय मावि कुश्मामा विद्युतीय हाजिरी मेसिन जडान गरिसकिएको छ ।
विद्यालयमा अनियमित हाजिर हुने, समयमा नआउने, कार्यालय समय छँदै वाहिरिनेहरुलाई नियन्त्रण गर्न डिजिटल हाजिरी मेशिन जडान गर्न थालिएको हो ।