झापा । दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा बल पीडीएफका झापा जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन्।
मंगलबार मध्यान्ह शिवसताक्षी–१ स्थित धरमपुर बजारमा हिडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक तुम्बापोलाई इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको डीएसपी प्रकाश विष्टले बताए।
यसअघि सोमबार दिउँसो बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला सहसचिब बिजय चौधरी पक्राउ परेका थिए।
तुम्बापोलाई कन्काई – ८, बिरिङ पुल र बिर्तामोड –६ गिरीबन्धु टी इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा २ वटा ट्रकमा भएको आगजनीमा संलग्न भएको हुन सक्ने आशंकामा पक्राउ गरिएको बताइएको छ।
