दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई जाडोबाट बच्न दाताहरुले स्वीटर वितरण गरेकाछन् ।
बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच स्थानीय समाजसेवीहरु सविना बजगाईं, शुष्मा भट्टराई र कृष्ण काफ्लेले ५० जना विपन्न विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काँकरभिट्टा स्रोत केन्द्रका स्रोतव्यक्ति लोक बहादुर दाहाल र प्रधानाध्यापक विश्व थापाले दाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
Facebook Comments Box