काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् ।
राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाइ थियो । शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटीहरुले जरा गाडेको समेत चित्रण गरिन् ।
उनले सो कविता संग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटीहरुलाई औंल्याउने काम गरेको पनि बताइन् ।
कवितालाई इतिहासको रुपमा व्याख्या गर्दै उनले सो कविताले समय सापेक्ष ढंगले विगत र वर्तमानमा देखिएका विकृतिहरुको उठान गरेको बताइन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समयसापेक्ष हुनुपर्ने पनि बताइन् ।
Facebook Comments Box
