काठमाडौँ । यू-१९ एसिया कपमा नेपालले आफ्नो स्थान पक्का गरेको छ ।
जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको हो ।
नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भएको हो ।
फाइनलमा पुगेसँगै नेपाल यु – १९ एसिया कपमा छनोट भएको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो ।
ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।
२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकिएको थियो ।
डिएल मेथडका आधारमा जापानले जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य पाएको थियो । स्पिनर दिपेश कँडेल र हेमन्त धामीले समान तीन विकेट लिए ।
नेपालले अब यूएईसँग फाइनल खेल्ने छ ।
Facebook Comments Box
