काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालाई पाकिस्तानले ३४३ रनको लक्ष्य दिएको छ । टस जितेर पाकिस्तानको मुल्तानमा पहिले व्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रनको शतकीय पारी र इफ्तिखर अहमदको नटआउट १०९ रनको तुफानी शतकको मद्दतले नेपाल सामु विशाल लक्ष्य राखेको हो । आजमले १३१ बलमा ४ छक्का र १४ चौका प्राहार गरेका हुन, भने अहमदले ४ छक्का र ११ चौका प्रहार गर्दै ७१ बलको सामाना गरेका थिए ।
त्यस्तै मोहम्मद रिजवानले ४४ रन बनाए । कमजोर शुरुवात गरेको पाकिस्तानले २१ रनको स्कोरमा पहिलो विकेट २५ रनको स्कोरमा दोस्रो विकेट गुमाएको थियो । १२४ रनको स्कोरमा ४ विकेट गुमाएको पाकिस्तानले पाचौँ विकेटको लागि २२४ रनको साझेदारी भएको थियो ।
नेपालले २ विकेट रन आउटको रुपमा लिएको थियो भने सोमपाल कामीले ४९ औँ ओभरमा दुई विकेट लिएका थिए । सन्दीप लामिछाने र करण केसीले १/१ विकेट निकालेका थिए ।
नेपालले जितका लागि निर्धारित ५० ओभरमा ३४३ रन बनाउनु पर्ने छ । विश्व क्रिकेटको एकदिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान विरुद्ध नेपालको लागि यो लक्ष्य प्राप्तिको लागि धेरै मुस्किल हुने छ ।
