दाङ । दाङमा आज भएको सवारी दुर्घटनामा परि ३ जनाको निधन हुनुको साथै दुई र्दजन घाइते भएका छन् ।
घाइते मध्य ४ जनाको अबस्था गम्भिर रहेको र गम्भिर घाइते भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भिक उपचार गरि थप उपचारको लागी आजै कोहलपुर रिफर गरिएको छ ।
घटनामा परि सामान्य घाइते भएकाहरु उपचार पछि घर फर्किएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीले जनाएको छ ।
दाङको घोराहीबाट बुटवलका लागी छुटेको लु२ ख ७७६ नम्रबको बस लमही घोराही सडक खण्डको लक्ष्मिपुर १ मुसोटको मोडमा आज दिउसो१२ बजे सडक बाट करिब सयफीट तल खस्दा र्दुघटना भएको थियो ।
घटनामा परि लमही नगरपालिका ११ बिधुत प्राधिकरणमा कार्यरत बर्ष ३६का कृष्ण बहादुर शाहीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा र सौडियार गाबिसका ६० वर्षीय चित्र बहादुर श्रेष्ठ र प्युठान खाल गाबिस बर्ष ३६की देउरी बिकको राप्ति उपक्षेत्रिय अस्पताल दाङमा उपचारको क्रममा निधन भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिए ।
मोडमा तिब्र गतिमा बस गुडेका कारण र्दुघटना भएको घटनामा परि सकुसल रहेका दुर्गा प्रसाद उचही मगरले जानकारी दिए ।